भेरी अस्पतालमा पाँच सय ६८ नमुना परीक्षण गर्दा तीन सय ९८ जनामा कोरोना पुष्टि

 वैशाख ७, २०७८ मंगलबार १७:५३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्जको भेरी अस्पतालमा सङ्कलन गरिएका नमुनामध्ये ७० प्रतिशतभन्दा धेरैमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो ४८ घण्टामा पीसीआर परीक्षण गरिएका पाँच सय ६८ नमुनामध्ये तीन सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार मङ्गलवार (आज) एक सय ९३ वटा नमुना परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना देखिएको छ । यस्तै  सोमवार (हिजाे) तीन सय ७५ पीसीआर परिक्षण गर्दा दुई सय १९ जनामा कोरोना देखिएको थियो ।  

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया