माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

 वैशाख ८, २०७८ बुधबार १०:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि दिउँसो १ बजेदेखि सुरु हुने माओवादीका नेताहरुले बताएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिपोर्टिङ गर्ने कार्यसूची रहेको छ । यस्तै स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने माओवादीका नेताहरुले बताएका छन् ।

बैठकमा पार्टीको विधान संशोधन, वर्तमान सरकारलाई दिएको समर्थनलगायत विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । नयाँ सत्ता गठबन्धनको कसरतमा रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन । अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक गर्ने भन्दै माओवादी केन्द्रले नयाँ सत्ता गठबन्धनबारे नेपाली कांग्रेस र जसपाका नेताहरुसँग छलफल गर्दै आइरहेको छ ।

नयाँ सत्ता समीकरणले कांग्रेसले आफ्नो नेतृत्व मान्न प्रस्ताव गरिसकेको छ । जसपाले उचित निर्णय दिन नसक्दा नयाँ सत्ता समीकरण अन्यौलमा परिरहेको छ । यसबारे पनि आजको बैठकमा छलफल हुने माओवादी नेतृ पम्फा भुषालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया