रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण दर अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने गरी कोरोना सङ्क्रमण दर बढ्न सक्ने आकलन गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्नुभयो । उहाँले पछिल्ला दिनकाे तथ्याङ्क हेर्दा प्रत्येक चार दिनमा सङ्क्रमण दर दोब्बरले बढेको बताउनुभयो ।
आज मात्रै दुई हजार तीन सय ५१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । यही दरमा सङ्क्रमण बढ्दै गए सरकारको संरचनाले धान्न नसक्ने हुँदा आम नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने डा. गौतमको भनाइ छ ।
मन्त्रालयले समुदायमा पनि सङ्क्रमण फैलिरहेको जनाएको छ । काठमाण्डौलगायत देशका मुख्य सहरहरूमा बढी सङ्क्रमण दर बढेको पाइएको छ ।
यसैबीच मन्त्रालयले स्वास्थ्य सेवाकाे गुणस्तर कायम गर्न प्रयाेगशाला, प्रयाेगशालमा प्रयाेग हुने उपकरण र सामग्रीका साथै रेडियाे इमेजिंग सेन्टरमा प्रयाेग गरिने उपकरण गुणस्तरीय एवम् भरपर्दाे हुनुपर्ने जनाएकाे छ ।
मन्त्रालयले विज्ञप्ति नै निकालेर भनेकाे छ, प्रयाेगशाला र रेडियाे इमेजिंग सेन्टरमा प्रयाेग हुने उपकरण तथा रिएजेन्टहरू खरिद, प्रयाेग र उपयाेग गर्दा यूएए–एफडीए, ईयूसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर भएका सामग्री प्रचलनमा ल्याउन सबै सराेकारवालामा अनुराेध गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।