भक्तपुरकाे मध्यपुरथिमि क्षेत्रमा मेलम्चीकाे पानी वितरण सुरु

 वैशाख ८, २०७८ बुधबार १८:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मध्यपुरथिमि नगरपालिका ९ को टिगनीमा रहेको खानेपानी ट्याङ्कीमार्फत बुधवारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ ।

भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण सुरु गरिएको हो ।

स्थानीयवासीलाई आजदेखि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गर्ने गरी उद्घाटन गरिएको हो । केही दिनभित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको पानी वितरण हुने भएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद बस्नेतले पहिलो चरणमै भक्तपुरमा मेलम्चीको पानी झार्न सफल भएको बताउँदै भन्नुभयो, ‘यो नेपाल सरकारको प्रभावकारी काम हो, अब पानीको समस्या समाधान हुन्छ ।’ 

मध्यपुरथिमि नगरपालिकाका मेयर श्रेष्ठले मेलम्चीको पानी पहिलो पटक काठमाण्डौमा वितरण गरिएको चैत १५ गतेपछि आज थिमिमा यो पानी वितरण गर्ने दोस्रो महत्त्वको दिन भएको बताउनुभयो ।

कार्यक्रममा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाण्डौ झरेपछि ९० प्रतिशत पानी काठमाण्डौमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको बताउनुभयो । पुरानो पाइप लाइनबाट पानी चुहावट हुने, पाइप फुट्ने गरेको बताउँदै उहाँले तीन सय २० ठाउँमा भएको चुहावट रहेकोमध्ये दुई सय ठाउँको चुहावट रोकेको बताउनुभयो ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया