अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुँदै

 बैशाख ९, २०७८ बिहिबार १४:९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र नेता नेपालबीच दुई बजे काठमाण्डौको एक होटलमा भेटवार्ता भएकाे प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो। हिजो बेलुका पनि ओली र नेपालबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले नेता माधव नेपालसहितका नेताहरुलाई पटक पटक स्पष्टीकरण सोध्दै पार्टीको साधारण सदस्य र सांसद पदबाटै हटाउने चेतावनी दिँदै आउनुभएको छ । माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी बनाइरहेको छ । तर पार्टी एकता जोगाउन मध्यम तहका नेताहरुले अध्यक्ष ओलीलाई सुझाव दिएका छन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया