रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विसर्जनमा जान लागेको आरोप दोहोर्याउँदै एकताको अपिल गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेता नेपाल निकट नेताहरुले एक अपिलपत्र सार्वजनिक गर्दै नवौं महाधिवेशनपछि ओली स्वेच्छाचारी ढङ्गले चलिरहेकै कारण कम्युनिस्ट आन्दोलन नै विसर्जन हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएका छन् ।
विशाल आन्दोलनको स्वरुपमा रहेको एमालेलाई अध्यक्ष ओलीले विसर्जनको दिशामा पुर्याएको र उहाँ श्रमजीवी, सहिदका सपना तथा आन्दोलनको मार्गबाट टाढा गएको अपिलमा उल्लेख छ । पार्टीलाई एक बनाउन र विधि तथा पद्दतिमा चल्नका लागि सचेत बनाउनेहरुलाई ओलीले शत्रुजस्तो ठानेर पार्टीका नेताहरुलाई स्पष्टीकरण र कारबाहीको नाटक गरिरहेको पनि माधव नेपाल पक्षीय नेताहरुको आरोप छ ।
केपी शर्मा ओलीले अहिले समातेको बाटोले एमाले विसर्जनतर्फ जानेमा शङ्का नरहेको नेताहरुको दाबी छ । अध्यक्ष ओलीको कदमका कारण एमालेको सङ्गठन तहसनहस भएको यसलाई बचाउन ओलीसहित पार्टीका सबैजना जिम्मेवार बनेर पार्टीलाई फुटबाट जोगाउन पनि माधव नेपाल पक्षका नेताहरुले अपील गरेका छन् ।
२०७५ सालको जेठ २ गतेको अवस्थाबाटै पार्टीलाई एक बनाउन सकिने भएकाले पार्टी एकताको पक्षमा जोड गर्न नेताहरुले आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।