रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि उपचुनाव हुने भएको छ ।
राष्ट्रियसभा सदस्य रामबहादुर थापाको रिक्त पद पूर्तिको लागि आउँदो जेठ ६ गते उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।
कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा त्यसको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपचुनाव गरी पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले उपचुनावको लागि आजदेखि तयारी थालेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएको छ । उपचुनावमा गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता रहने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।