खाेटाङमा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे

 बैशाख ९, २०७८ बिहिबार २०:५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - चट्याङ्ग लाग्दा खोटाङमा एक जनाकाे ज्यान गएकाे छ ।

चट्याङ्ग लागेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको ज्यान गएको हो ।

छोरी ज्वाइँको घरमा बसिरहेको बेलामा राईलाई चट्याङ्ग लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । राईको घटनास्थलमै ज्यान गएकाे थियाे ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ लगिएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया