हुम्लामा भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे
मंसिर १४, २०८० बिहिबार
हेटौँडा - हेटौँडा-काठमाण्डौ छोटो दूरीको मार्ग अन्तर्गत भीमफेदी-कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ । सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दूरीको मार्ग बन्द गरिएको हो ।
भीमफेदी-कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले भने स्लाब ढलान र पिच गर्ने काम गर्न लागिएको छ । सडकका धेरै ठाउँमा यसअघिनै स्लाब ढलान गरिसकिएकाे छ ।
वाग्मती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले यसअघि दुई महिनासम्म सडक बन्द गरेर मोड र अप्ठ्याराे ठाउँमा स्लाब ढलान गरिएको जानकारी दिएकाे छ । अब पिच गर्ने काम मात्र बाँकी रहेको निर्देशनालय हेटौँडाका निर्देशक डाक्टर सहदेवबहादुर भण्डारीले बताउनुभयो । यस सडकको ८० प्रतिशतको काम सकिएको छ ।
भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ गरी ३४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।
यस्तै, भीमफेदी-कुलेखानी-हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाण्डौको दक्षिणकाली जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उहाँले बताउनुभयो।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।