हेटौँडामा भोलिदेखि जोरबिजोर प्रणालीमा गाडी चलाइने

 बैशाख ११, २०७८ शनिबार १०:५२:५६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशको राजधानी हेटौँडामा भोलिदेखि निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सबै गाडीमा जोर बिजोर प्रणाली लागू गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । यस्तै, भोलिदेखि मकवानपुरमा पर्यटकीय क्षेत्र, उद्यान तथा वनभोजस्थलसमेत बन्द गरिनेछ ।

सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । कोरोनासम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया