गरिब तथा असहायहरुलाई लक्षित ‘एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र’ स्थापना

 बैशाख ११, २०७८ शनिबार १८:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका गरिब तथा असहायहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यसाथ एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ ।

काठमाण्डाै उपत्यकाका गरिब र असहायहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ बनाउनको निम्ति काठमाण्डाैको थापाथलीमा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुद्वारा आँखा, दाँत, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, बाल रोग, छाला तथा यौन रोग सम्बन्धी स्वास्थ्य समस्याको अन्य निजी अस्पताल भन्दा सर्वसुलभ र सस्तो गरी उपचार गरिने एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष डा. सुमन शमशेर थापाले बताउनुभयो ।

आफूहरुले स्वयमसेवाको रुपमा स्वास्थ्य केन्द्रको स्थापना गरिको भन्दै उहाँले इच्छुक स्वयम्सेवक आएर काम गर्नसक्ने पनि बताउनुभयो ।

विसं २०७२ सालको भूकम्पपछि स्वयमसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सक्रियतामा स्थापना भएको एक एक पाइला नामक गैरसरकारी संस्थाले याे स्वास्थ्य केन्द्रको स्थापना गरेको हो । यस संस्थाले भूकम्प प्रभावितहरुलाई शिविर सञ्चालन गरेर शुरु गरेको अभियानलाई बिस्तार गर्दै देशका विभिन्न भू–भागमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको थियो । 

यसै संस्थाकाे एक एक पाइला रेडियाे कार्यक्रम पनि प्रशारण हुन्छ । कार्यक्रम उज्यालाे रेडियाे नेटवर्कमा शनिबार बिहान ७ : ३० देखि ८ बजेसम्म सुन्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया