बन्ने भो ‘दबंग ३’, फेरि सलमान र सोनाक्षीकै जोडी

 भदौ ६, २०७५ बुधबार २०:३:३५ | एजेन्सी
unn.prixa.net

हाल माल्टामा फिल्म ‘भारत’को सुटिङ्गमा व्यस्त सलमान खान आफ्नो होम प्रडक्सन अन्र्तगत बन्ने फिल्म ‘दबंग ३’ सुटिङका लागि समेत तयार भैसकेका छन् । 

यही शुक्रबार रिलिज हुने फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ को प्रमोसनमा रहेकी  ‘दबंग’ की रज्जो अर्थात सोनाक्षी सिन्हाले हालै एक अन्तर्वातामा यो कुराको खुलासा गरेकी हुन् । उनका अनुसार सलमान ‘भारत’ सँगै ‘दबंग ३’ को सुटिङ्ग गर्न चाहन्छन् र सुटिङका लागि फिल्मका स्टार कास्ट समेत लगभग फाइनल भैसकेको छ  ।

जसमा सलमानका अलावा सोनाक्षी नै रज्जोको भूमिकामा हुने छिन  । 

यो वर्षको अन्तसम्ममा फ्लोरमा गइसक्ने फिल्म ‘दबंग ३’ को निर्देशन भने यस पटक प्रभु देवाले गर्ने भएका छन । यस अघि प्रभु देवाले सलमान को सुपरहिट फिल्म ‘वान्टेड’ निर्देशन गरिसकेका छन । तेलुगू फिल्म ‘पोकिरी’ को रिमेक ‘वान्टेड’ सन २००९ मा रिलिज भएको थियो । 

सलमान आफ्नो फिल्म ‘भारत’ लाई सन २०१९ को इदमा रिलिज गर्ने तयारीमा छन् भने ‘दबंग ३’ लाई २०१९ कै क्रिसमसमा । ‘दबंग ३’ को अधिकांश सुटिङ्ग भने उत्तर प्रदेशको गाजियाबाद शहरमा हुनेछ र यस पटक फिल्मको विषयवस्तु निकै यथार्थ परक  हुने बताइएको छ । 

सुपर हिट ‘दबंग’ फ्रेन्चाइज अन्तर्गतको पहिलो फिल्म सन् २०१० मा रिलिज भएको थियो जसलाई अभिनव कस्यपले निर्देशन गरेका थिए भने दोश्रो २०१२ मा रिलिज भएको थियो यस्को निर्देशन अरबाज खान ले गरेका थिए ।    
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया