संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

 बैशाख १२, २०७८ आइतबार १०:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ ।

कोरोना सङ्क्रमण भएपछि गएको चैत २८ गतेदेखि भेरी अस्पतालमा उपचाररत उहाँको गएराति निधन भएको हो ।

नेपालगञ्ज-३ की ६५ वर्षीया सिद्दिकी २०७० सालमा भएको संविधानसभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिक सभासद हुनुभएको हो । मुस्लिम तथा मधेसी समुदायमा शिक्षा, स्वास्थ्यसँगै अधिकारका क्षेत्रमा उहाँ सक्रिय हुनुहुन्थ्यो ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया