वाजपेयीलाई श्रदाञ्जली दिँदा सलमानलाई किन भनियो ‘टयूबलाइट’ ?

 भदौ ६, २०७५ बुधबार २०:४६:११ | एजेन्सी
unn.prixa.net

बलिउडका सुपरस्टार सलमान खानले दिवंगत भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई श्रदाञ्जली दिँदा हाँसोका पात्र बनेका छन् । 

पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन गएको १६ अगस्टमा भएको थियो । तर सलमान खानले २१ अगस्टमा मात्रै ट्वीटमार्फत वाजपेयीलाई श्रद्धाञ्जली अर्पण गरे । सलमानले वाजपेयीप्रति श्रद्धासुमन त व्यक्त गरे तर अलि ढिला भए । त्यति मात्रै होइन सलमानले फिलिङको स्पेलिङ पनि गलत लेखे । माल्टामा ‘भारत’ को सुटिङमा व्यस्त सलमानप्रति उनका प्रशसंकले रिस पोखेका छन् । 

सलमानले मगंलबार ट्विटरमा लेखे, ‘अटलजी जस्तो महान नेता, शानदार राजनीतिज्ञ, वक्ताको निधनमा म धेरै नै दुखी छु ।’ अटल बिहारी वाजपेयीको निधनको ५ दिनपछि सलमानले यस्तो लेखेका हुन् । 

उनी यो ट्वीट गर्नेबित्तिकै नराम्रोसँग ट्रोल भए । कतिपयले ‘टाइगर सुतिरहेको थियो’ लेखे । कतिपयले यस्तो लेखे, ‘भाइसाबले अझैसम्म पनि ट्यूबलाइटको प्रचार गर्दैहुनुहुन्छ ।’
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया