एसियाली खेलकुद : अहिलेसम्म २४ देशलाई पदक, कसले के-के जिते ?

 भदौ ६, २०७५ बुधबार २२:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत चौथो दिनको खेल सकिँदा २४ वटा  देशले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् । 

पछिल्लो पटक पदक तालिकामा अफगानस्तिान थपिएको हो । अफगानिस्तानले उसुमा एक कास्य पदक जितेको छ ।

पदक तालिकामा चीन भने अग्रस्थानमा छ । उसले ३७ स्वर्ण, ३० रजत र १५ कास्यसहित ८२ पदक जित्न सफल भएको छ । चीनलाई पछ्याइरहेको जापानले २० स्वर्ण, २३ रजत र २५ कास्यसहित ६८ पदक जित्न सफल भएको छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, १५ रजत र २३ कास्यसहित ४९ पदक जितेको छ । चौथो स्थानमा रहेको इरानले ७ स्वर्ण, ३ रजत र ६ कास्य गरी कूल १६ पदक जितेको छ ।

पाँचौ स्थानमा रहको इन्डोनेसियाले ६ स्वर्ण, ३ रजत र ७ कास्य गरी १६ पदक जित्दै दक्षिण कोरियालाई पछ्याइरहेको छ । चौथो दिनसम्म जम्मा २४ मुलुकले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् । 

सम्पूर्ण पदकतालिका हेर्न यहाँ क्लिक गर्नुृहोस्

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Yuvi

    Aug. 23, 2018, 9:13 a.m.

    नेपालले कति जित्यो , त्यसको अर्थ हुन्छ, अरु देशको त के मतलब /

  •  0 Reply

तपाईको प्रतिक्रिया