काठमाण्डाै उपत्यकाबाट घर फर्किनेकाे भिड (तस्बिरहरू)

 वैशाख १४, २०७८ मंगलबार १३:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काठमाडौ उपत्यकामा बिहीवारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेको भिड लागेको छ । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाण्डाै उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सात दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले सात दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्‍याएकाे हाे ।

त्यसैले मङ्गलबार बिहानैदेखि काठमाण्डाै उपत्यका छाडेर घर फर्किनेको भिड लागेको छ । खासगरी काेटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरूको भिड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाड्ने मानिसको भिड लागेको छ । 

केही समय अघिसम्म यात्रुविहीन गुडेका सवारीसाधनले बसभरि यात्रु लिएर उपत्यका छाडेका छन् । 

तस्बिर : रासस/उज्यालाे सहकर्मी

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया