काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इङल्याण्डविरुद्धको चौथो टेष्टका लागि भारतीय क्रिकेट बोर्डले १८ वर्षे युवा खेलाडी पृथ्वी शालाई टिममा बोलाएको छ ।
अन्डर नाइन्टिन टिमका सदस्य समेत रहेका शालाई बीसीसीआईले एकदिवसियभन्दा पहिलो टेष्ट टिममा बोलाएको छ । उनले मुरली विजयको स्थानमा इङल्याण्डविरुद्धको चौथो र पाँचाैं टेष्ट खेल्नेछन् ।
पहिलो श्रेणीको क्रिकेटमा यो सिजन १४ वटा शतक बनाएका शा भारत यू–१९ विश्वकपको उपाधि जित्दा कप्तान थिए । पछिल्लो पटक निकै राम्रो फर्ममा रहेका शाले इन्डिया ए टिमबाट वेष्ट इन्डिज ए विरुद्ध एक सय ८८ रन हानेका थिए ।
इन्डियन प्रिमियर लिग आइपीएलमा नेपाली बलर सन्दीप लामिछानेसँगै दिल्लीबाट खेलेका शाको ब्याटिङ गर्ने शैली सचिनसँग तुलना गरिँदै आएको छ । शासँगै अर्का युवा खेलाडी हनुमा विहारीले पनि टेष्ट डेब्यु गर्ने भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।