ऊर्जा मन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण

 बैशाख १४, २०७८ मंगलबार १७:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । काेभिड–१९ सँग मिल्दाेजुल्दाे लक्षण देखा परेपछि सोमवार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्ने सदस्यको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । 

मङ्गलवार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो  ।

अहिले मन्त्री रायमाझीसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ । अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उहाँलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ । गृह जिल्ला अर्घाखाँचीबाट काठमाण्डाै आएपछि  उहाँलाई कोरोनासँग मिल्दाेजुल्दाे लक्षण देखा परेको थियो  ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया