ग्यापुले सुरु गर्‍यो फलफूल, तरकारी तथा अत्यावश्यक वस्तुको निःशुल्क डेलिभरी

 वैशाख १६, २०७८ बिहीबार १६:४१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली ई-कमर्स कम्पनी ग्यापु मार्केट प्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको नि:शुल्क होम डेलिभरी सुरु गरेको छ। 

'यो महामारीको समयमा उपभोक्तालाई भिडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक वस्तुको होम डेलिभरी सुरु गरिएको हो', ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले भन्नुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन लागिपरेको र काठमाडौ उपत्यकामा २४ घण्टाभित्र नि:शुल्क होम डेलिभरी गरिने खड्काले बताउनुभयो। 

एक वर्ष अगाडि लकडाउनकै बेला स्थापना भएको ग्यापुले सुरुवाती दिनमा कालीमाटी बजारको भन्दा सस्तो मूल्यमा तरकारी तथा फलफूल बेच्ने गरेको थियो । 

'कोरोना कहरमै जन्मेर विषम परिस्थितिमा उपभोक्ताको मन जित्न सफल भएका थियौँ', खड्काले भन्नुभयो, 'फेरि हामीलाई उपभोक्ताको अफ्ठ्याराेमा सहयोग गर्ने मौका जुरेको छ।'

ग्यापुमा शपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र ई-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया