नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै

 वैशाख १६, २०७८ बिहीबार १७:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे हाे । कोरोनाका कारण एकै दिन ३५ जनाको ज्यान गएको अहिलेसम्मकै धेरै हो ।

यसअघि गएको कात्तिक १९ गते कोरोनाका कारण एकै दिन ३० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ पुगेको  छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणसँगै मृत्युदर पनि बढेको बताउनुभयो । अहिलेकै अवस्थालाई हेर्ने हो भने अझै सङ्क्रमणदर बढ्ने सम्भावना रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न/गराउन उहाँको आग्रह छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया