बग्यो हनुमन्ते पुल

 जेठ १८, २०७५ शुक्रबार ६:३६:२४ | रासस
unn.prixa.net

भक्तपुर, जेठ १८ – मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका जोड्ने निर्माणाधीन हनुमन्ते पुलको संरचना बाढीले भत्काएको छ । 

काभ्रेपलाञ्चोकको नाला तथा भक्तपुरका र ताथली, सुडाल र बागेश्वरीमा बुधबार राति परेको भीषण वर्षापछि आएको बाढीले मध्यपुरथिमि–४ तथा सूर्यविनायक–३ र ४ जोड्ने पुलको निर्माण र पिलर हाल्ने काम सकिएर यही जेठ १९ गते पुलको माथिल्लो भागको ढलान गर्न डण्डी बाँधेर ठीक पारिएको पुल निर्माणका सुपरभाइजर गणेश कार्कीले जानकारी दिनुभयो ।

एक करोड ६१ लाख रुपैयाँको निर्माण ठेक्का भएको उक्त पुल आगामी असार २० भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । रासस
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया