रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
कास्की – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका 'दीपक मनाङे' भनेर चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर अघि मात्रै पद तथा शपथ ग्रहण गराइएको हो । मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्य सङ्ख्या आठ पुगेको छ ।
अविश्वासको प्रस्ताव 'फेस' गरिरहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई सामाजिक विकास मन्त्रालय फुटाएर मन्त्री बनाउनुभएको हो ।
मुख्यमन्त्री गुरुङविरुद्ध माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमोर्चा लगायतले मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । जनमोर्चाका सांसद खिमविक्रम शाही संसद् बैठकमा अनुपस्थित भएलगत्तै हिजो हुने भनिएको मतदान स्थगित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।