थपिए १० आईसीयूसहित १ सय बेड, पालिकाहरु अक्सिजनसहितका आइसोलेशन बनाउँदै

 बैशाख १८, २०७८ शनिबार १८:४२:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा शैय्या (बेड) थपिएका छन् । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बेलझुण्डीमा  रहेको कोरोना विशेष अस्पतालमा यस अघि ५ वटा आईसीयू र एचडीसीयू बेड  गरी ३५ बेड थिए । यसलाई बढाएर आईसीयू दश वटा, एचडीसीयू बेड ५० वटा र सामान्य बेड ४० गरी एक सय बेड तयार पारिएको छ । 

अस्पताल व्यवस्थापन पक्षले दिएको जानकारी अनुसार  शनिबार नै जनशक्ति पनि थप्ने तयारी गरिएको छ । यस अघि ३५ वटा बेड मात्रै हुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर उपचार गरिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो भवनको माथिल्लो तला पनि अस्पतालको लागि प्रयोग गर्न दिएको उपकुलपति कार्यालयका सहप्रशासक विनयकुमार पोखरेलले बताउनुभयो । पहिले विद्यालयको तल्लो तला मात्र उपलब्ध थियो ।

यस्तै कोरोना सक्रमण तीव्र गतिमा बढेसगै दाङका दश वटै पालिकाहरु पनि आवश्यक तयारीमा जुटेका छन । पालिकाहरुले धमाधम आइसोलेशन बेड तयार गरी बिरामी राख्न सक्ने अवस्थामा पुगेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ८ अश्वारामा ५० बेडको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार आइतबारबाटै आइसोलेशन सञ्चालनमा ल्याइनेछ  ।

यस्तै घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना बिरामीका लागि आवश्यक पर्ने बेड तयार गरिरहेको जनाएको छ । त्यसका लागि आवश्यक पर्ने ४५ लाख रुपैयाँ बिनियोजन गरी बेड बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

पश्चिम दाङको बबई गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको  हापुरे प्राथमिक अस्पतालमा अक्सिजन सहितको तीस बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको जनशक्ति परिचालन गरि सोमबारबाट अस्पतालको सेवा शुरु गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै दगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीका अनुसार श्रीगाउँ स्वास्थ्य केन्द्रमा दश बेडको आसोलेशन केन्द्र निर्माण गरिएको छ । पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाले कोरोना माहामारीलाई मध्यनजर गर्दै २० शैय्याको अस्थायी कोरोना  विशेष अस्पताल स्थापना गरेको छ ।

गाउँपालिकाले स्थापना गरेको कोरोना अस्पतालमा कोरोनाका कारण थलिएका बिरामीहरुलाई राखेर उपचार गरिने बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताउनुभयो । यसैगरी गाउँपालीकाले कोरोना रोकथामका लागि २० लाखको कोरोना कोष पनि स्थापना गरेको अधिकृत वलीले जानकारी दिनुभयो  ।

यस्तै देउखुरीका लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकाले पनि आफ्नो पालिकालाई चाहिने अक्सिजनसहितका आइसोलेशन बेड तयार गरिरहेको जनाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया