पूर्व प्रधानमन्त्री खनाल कोरोना उपचारका लागि अस्पताल भर्ना

 बैशाख १८, २०७८ शनिबार १९:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना सङ्क्रमण भएको छ ।

खनाल उपचारका लागि थापाथलीको नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । अहिले उहाँलाई भर्ना गरेर विभिन्न जाँचहरु भइरहेको नर्भिक अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमित हुनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको पनि नर्भिक अस्पतालमै उपचार भैरहेको छ ।

अन्तिम अपडेट: असार ७, २०८०

तपाईको प्रतिक्रिया