भारतीय वरिष्ठ पत्रकार कुलदीप नैय्यरको निधन

 भदौ ७, २०७५ बिहीबार १३:३८:४१ | एजेन्सी
unn.prixa.net

भारतीय वरिष्ठ पत्रकार कुलदीप नैय्यरको बिहीबार बिहान निधन भएको छ । उनी ९५ वर्षका थिए । उनका दुई छोरा र श्रीमती रहेकी छिन् ।

नैय्यरको जन्म सन् १९२३ अगस्ट १४ मा पञ्जाबको सियालकोटमा भएको थियो । उनका बुवा सुप्रिम कोर्टका वरिष्ठ वकील थिए ।  नैयरले क्रिस्चियन कलेज लाहोरबाट अंग्रेजीमा बीए र ल कलेज लाहोरबाटै एलएलबी गरेका थिए । त्यस्तै सन् १९५२ मा छात्रवृत्ति पाएर नर्थवेस्ट युनिभर्सिटीमा पत्रकारिता अध्ययन गर्न गएका थिए । 

नैय्यरले पत्रकारिताको सुरुवात उर्दू प्रेस रिपोर्टरका रुपमा गरेका थिए । उनी ‘द स्टेट्सम्यान’ का सम्पादक पनि बनेका थिए ।

सन् १९९० उनी ब्रिटेनका लागि भारतका उच्च आयुक्त नियुक्त भएका थिए । त्यसको सात वर्षपछि उनलाई राज्यसभामा पठाइयो । 

कुलदीप नैय्यरले थुप्रै पुस्तक पनि लेखेका छन् । ‘बिट्वीन द लाइन्स’, ‘इन्डिया आफ्टर नेहरु’, ‘इन्डिया पाकिस्तान रिलेसनशिप’ केही चर्चित पुस्तक हुन् । सन् २०१० मा पाकिस्तानी समाचारपत्र ‘डन’ मा एउटा लेख लेखेका कारण निकै आलोचित भएका थिए । उनले आतंकवाद विरोधी दलका नेता हेमन्त करकरेको हत्या हिन्दू दक्षिणपन्थी कार्यकर्ताले गरेको आरोप लगाएका थिए । 

साथै गएको वर्ष उनलाई शिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीले दिएको पत्रकारिता पुरस्कार फिर्ता गरेका थिए । 

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायतले दुःख व्यक्त गरेका छन् । 
नैय्यरको बिहीबार नै अन्तिम संस्कार गरिने भएको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया