मुख्यमन्त्री पाेखरेलद्वारा शपथ ग्रहण

 वैशाख १९, २०७८ आइतबार २१:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री पाेखरेललाई आइतवार राति प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएको हो ।

आइतवार बिहानमात्रै पाेखरेलले राजीनामा दिनुभएकाे थियाे । उहाँले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल बहुमत सरकार गठन गर्ने भन्दै राजीनामा दिनुभएकाे थियाे । 

प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य आइतवार (आज) प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसे पनि सुरक्षाका बीच पाेखरेललाई शपथ ग्रहण गराइएकाे हाे ।  

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदकाे हस्ताक्षर लिँदै मुख्यमन्त्रीमा दाबी पेस गरेकाे अवस्थामा पाेखरेललाई शपथ ग्रहण गराइएकाे हाे ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया