देशभरको मौसम बद्ली : केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

 बैशाख २०, २०७८ सोमबार ७:१५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर मौसम बद्ली भएको छ ।

हिजो अस्तिदेखि नै मौसम बद्ली भएको र आज पनि मौसम सफा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज विशेषगरी प्रदेश-१ सहित पहाडी केही ठाउँ र प्रदेश-२ तथा ५ का थोरै ठाउँमा पूर्ण बद्ली र बाँकी अरु ठाउँमा आंशिक बद्ली रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा पनि मौसम बद्लीकै अवस्थामा रहेकाले बेलुकापख पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । अहिले पश्चिमी न्यूनचापीय प्रणालीसहित दक्षिणी क्षेत्र नजिक विकसित भएको न्यूनचापीय क्षेत्र र बङ्गालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया