स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको ओपीडी सेवा बन्द

 बैशाख २०, २०७८ सोमबार १३:१:५६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण बढेपछि धादिङ अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको हो ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै आपतकालीन सेवा बन्द गरिएको जनाएकाे छ । स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएर आइसोलेशनमा बसेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवाग्राहीमा थप कोराेना सङ्क्रमण बढ्न नदिन सावधानी अपनाउँदै अस्पतालले ओपीडी सेवा बन्द गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।

अस्पतालले तत्काल स्वास्थ्य उपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीहरुलाई मात्र उपचारकाे लागि आउन आग्रह गरेकाे छ ।  स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र अस्पताल आउन तथा अत्यावश्यक नपरी नआउन पनि अस्पतालले आग्रह गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया