झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – बाढी, पहिरोले क्षति पुर्याएका पीडितलाई घर बनाउन सरकारले अनुदान दिन सुरु गरेको छ । गएको वर्ष मनसुनमा घर क्षति भएका परिवारलाई अनुदान दिन थालिएको हो ।
गएको वर्ष जेठ ३० गतेदेखि असोज मसान्तसम्म सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, दोलखा, बाजुरा, अछाम, कालीकोट, नुवाकोट, जाजरकोट, दार्चुला, बझाङ, दाङ, गोरखा, मकवानपुर, तनहुँ, अर्घाखाँची, स्याङ्जा, रसुवा, धनकुटा, सङ्खुवासभा, गुल्मी, मोरङ लगायतका जिल्ला प्रभावित भएका थिए ।
बाढी पहिरोले पूर्ण क्षति भएका घर पुनर्निर्माणका लागि सरकारले हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । आवश्यकताअनुसार घडेरी खरिद गर्न चाहनेले तीन लाख रुपैयाँसम्म पाउनेछन् । अनुदान तथा व्यवस्थापनका लागि सरकारले विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणलाई २० करोड रुपैयाँ दिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा रकम जिल्लामा पठाउन सुरु भएको तथा कोरोना महामारीका कारण काम ढिला भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले म्याग्दीमा दुई सय ४७ घर पुनर्निर्माणका लागि पहिलो किस्तामा सङ्घ सरकारले एक करोड आठ लाख ९७ हजार रुपैयाँ पठाएको छ । अरू जिल्लामा पनि रकम पठाउने प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।