काठमाण्डाै उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने

 वैशाख २१, २०७८ मंगलबार १०:२८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएकाले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर मापदण्ड बनाइ निर्देशन जारी गर्ने उहाँले बताउनुभयो । 

‘आजदेखि आन्तरिक उडान बन्द भएकाले हवाई यात्रुहरु विमानस्थल जानु नपर्दा सडकमा यात्रुहरुको सङ्ख्या घट्छ भने अरु चहलपहल पनि घटाउँछौँ’ प्रजिअ भट्टराईले भन्नुभयो । अब सरकारी कार्यालय तथा बैंक र वित्तीय कार्यालयहरु आधा क्षमतामा मात्रै चलाएर निश्चित सङ्ख्यामा मात्रै गाडी चलाउन दिने, अत्यावश्यक बाहेकका आवतजावत रोक्ने, नाकामा जाँचमा कडाइ गर्ने लगायतका तयारी भएको छ । 

भोलिदेखि नै थप कडाइ हुने र सङ्क्रमणको अवस्था हेरेर थप निर्णय लिने प्रजिअ भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • RAVI RANJIT

    May 25, 2021, 2:37 p.m.

    कडाइ गर्नु राम्रो हो तर सत्ता पक्ष तर्फ बाट गर्ने कार्यक्रममा पनि नियम लागू हुनुपर्यो साथै बित्तीय सस्थाहरु पनि सन्चालन हुने बारे सूचना उपलब्ध गर्ने ब्यबस्था मिलाउनु पर्यो, धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया