दाङ : सबै पालिकामा अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण, सिलिण्डरको अभाव

 बैशाख २१, २०७८ मंगलबार १२:१:४३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङका सबै पालिकाले कोरानाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन् ।

देउखुरीमा चार वटा पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ । देउखुरी क्षेत्रका चार पालिका लमही नगरपालिका, राजपुर, राप्ती र गढवा गाउँपालिकाको संयुक्त लगानीमा लमहीमा २५ शय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । दाङका दुई वटै उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन ।

तुलसीपुर उपमहानगरपालिकाले ५० शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार पारेको छ भने घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने बेड तयार गर्न सुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो।

तर पालिकाले बनाएको आइसोलेशन र अस्पतालहरुमा अक्सिजन सिलिन्डरको अभाव छ । बेलझुण्डी कोरोना विशेष अस्पतालमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ । त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता छ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया