दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे छु : प्रवक्ता शर्मा

 बैशाख २१, २०७८ मंगलबार १४:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले आफू दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट अलग भएकाे बताउनुभएको हो । कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा रहनुभएका शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित काममा फर्कने पनि बताउनुभएको छ ।

साथै उहाँले स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुकप्रति धन्यवाद दिनुभएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया