रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको स्थायी कमिटी बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधि सभा अधिवेशन आह्वान गरिसकेपछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने पनि नेता पाेखरेलले जानकारी दिनुभयो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्नेछ ।
यस्तै माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीको चाल खतरनाक हुन सक्ने भन्दै अरू दलहसँग छलफल गरेर आउँदा योजना बनाउने निर्णय गरेको नेता पोखरेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।