अक्सिजन सिलिन्डर फिर्ता दिन सरकारकाे आग्रह

 वैशाख २३, २०७८ बिहीबार १३:४८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिन्डरहरू फिर्ता दिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले एक विज्ञप्ति निकालेर उद्योग व्यवसायहरूमा राखिएका सिलिन्डरहरू फिर्ता गर्न आग्रह गर्नुभएको हो ।

कोरोना सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिन्डरहरू सरकारको निर्णय विपरीत उद्योग व्यवसायहरूमा प्रयोग भइरहेको पाइएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

अनुगमनका क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिन्डरहरू खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएकाले सम्बन्धित उद्योग, सरोकारवालालाई त्यस्ता सिलिन्डर अस्पतालमा उपलब्ध गराउन मन्त्रालयको अनुरोध छ ।

सरकारको निर्णयको उल्लङ्घन गरेको पाइए सङ्क्रमण रोग ऐनको आधारमा अनुगमन गरी कारबाही गर्ने मन्त्रालयको चेतावनी छ ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया