गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धकाे अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने

 वैशाख २३, २०७८ बिहीबार १९:३२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सभाको बैठक आउँदो सोमबार बस्ने भएको छ । बिहीवार (आज) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते सोमवार बिहान ११ बजेका लागि बैठक बोलाउने निर्णय गरेको गण्डकी प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जङ्ग केसीले जानकारी दिनुभयो ।

बैठकमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनेछ । प्रदेश सभामा वैशाख २ गते दर्ता भएको अविश्वास प्रस्तावमा वैशाख १५ गते मतदान हुने कार्यसूची थियो । संसद् चलिरहेको बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

सोमवार बस्ने बैठकमा कोरोना सङ्क्रमण भएका सांसदहरूलाई छुट्टै बस्ने ठाउँको व्यवस्था गरेर मतदान गर्न पाउने व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । सङ्क्रमित सांसदले बोल्न भने पाउने छैनन् ।   

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया