गुल्मीमा चट्याङ्ग लागेर एक जनाको ज्यान गयो, आठ जना घाइते

 बैशाख २४, २०७८ शुक्रबार १०:५४:५२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

 मुसिकोट नगरपालिका-४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहाकाे चट्याङ्ग लागेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आज बिहान उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा चट्याङ्ग लागेकाे हाे । चट्याङ्ग लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा गाहाको भने बाटाेमै ज्यान गएको थियाे । 

घाइते हुनेहरुमा दजाकोटका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, ८ वर्षीय जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योती गाहा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयाे ।

घाइतेहरुमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया