दाङकाे तुलसीपुरमा 'अटाे एम्बुलेन्स' सेवा सुरु

 बैशाख २४, २०७८ शुक्रबार १५:५५:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – काेराेना सङ्क्रमित लगायत अन्य बिरामीको सेवा सहज र छरितो बनाउन दाङको तुलसीपुरमा शुक्रवार (आज) देखि सहरी क्षेत्रमा तीन पाङ्ग्रे अटो गाडीलाई एम्बुलेन्स सुरु भएको छ । बजार क्षेत्रमा बिरामीहरूलाई सास्ती भएको गुनासो बढेपछि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न क्षेत्रसँगकाे समन्वयमा अटो एम्बुलेन्स सन्चालनमा ल्याएको हो ।  

अटोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु भएपछि बिरामीलाई सहज हुने उमहानगरपालिकाले विश्वास लिएकाे छ ।

कोरोना सङ्क्रमित बिरामी बाेक्न वडाध्यक्ष चढ्ने गाडी  

दाङको गढवा गाउँपालिकाका एक वडाध्यक्षले कोरोना सङ्क्रमितलाई अस्पताल पुर्‍याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराउनुभएकाे छ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी जीप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको हो ।

कोरोना सङ्क्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर सङ्क्रमितलाई अस्पताल पुर्‍याउन गाडी उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो  ।  

यसैबीच दाङको देउखुरी उद्याेग वाणिज्य सङ्घले आफ्नो एम्बुलेन्स कोरोना अस्पताल लमहीलाई प्रदान गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया