सेरममा भएको आगलागीले कोभिशिल्ड खोप ल्याउन सकिएन, ५० लाख डोज किन्ने योजना छैन : मन्त्रालय

 वैशाख २४, २०७८ शुक्रबार १६:९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले विश्व परिस्थिति, सेरम इन्टिच्युटमा भएको आगलागीलगायतका कारण कोरोना भाइरसविरुद्धको खोप आयात गर्न नसकिएको दाबी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नै बिचौलियाका कारण खोप आपूर्तिमा समस्या भएको अभिव्यक्ति दिएको र खोप आयात रोकिएको समाचार आइरहेका बेला स्वास्थ्य मन्त्रालयले कोभिशिल्ड खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्टिच्युटमा भएको आगलागी, क्षमता विस्तारमा अवरोध, विश्व परिस्थितिलगायतका कारण १० लाख डोज खोप प्राप्त गर्न नसकिएको जनाएको छ ।

२० लाख डोज खोप खरिदको योजना रहेकोमा १० लाख प्राप्त भएर लगाइसकिएको र बाँकी १० लाख उपलब्ध हुनेबित्तिकै उपलब्ध गराउने कम्पनीले जनाएको मन्त्रालयको भनाइ छ । ५० लाख डोज कोभिशिल्ड खोप खरिदको योजना नरहेको पनि मन्त्रालयले जनाएको छ ।

अन्य खोप प्राप्त गर्न कुटनीतिक प्रयास भइरहेको मन्त्रालयले जानकारी दिएको छ । कोभिशिल्ड खोपको खरिदका विषयमा मन्त्रालयलाई जोडेर भइरहेका हल्लामा सत्यता नरहेको पनि स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया