दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश, घरमा कोरोना बिरामी रहेकोसमेत तर्क

 वैशाख २४, २०७८ शुक्रबार १७:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको आरोपमा अख्तियारले पूर्वप्रमुख आयुक्त बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले गएको मङ्सिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएपछि उहाँका तर्फबाट अधिवक्ता रमण श्रेष्ठ र कृष्ण सापकोटाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । 

बस्न्यातमाथि भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय मन्त्रिपरिषदमा लैजान तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसमक्ष फाइल पेस गरेको आरोप छ ।

सर्वोच्चको आदेशमा बस्न्यात ६९ वर्षको ज्येष्ठ नागरिक रहेको, मुटु सम्बन्धि समस्या रहेको, परिवारका सदस्यलाई कोरोना संक्रमण भएको लगायतका कारणले थुनामा राख्न उचित नदेखिएकाे उल्लेख छ ।   

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया