सर्लाहीमा भाेलि रातिदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी

 बैशाख २४, २०७८ शुक्रबार २०:८:४९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । भाेलि (शनिवार) राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) काे उपदफा (३) र सङ्क्रामक रोग ऐन निवारण ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो । 

सदरमुकाम मलङ्गवामा आज (शुक्रवार) बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे बैठकले भाेलिदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेकाे हाे । नयाँ भेरिएन्टसहितका काेराेना सङ्क्रमित थपिने क्रम बढेकाले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा लगाइने भएकाे हाे । 

निषेधाज्ञामा निजी तथा सार्वजनिक गाडी, हाटबजार, होटल तथा रेस्टुरेन्ट, शैक्षिक संस्था आदि बन्द हुनेछन् भने स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुनेछन् । स्वास्थ्य संस्था र पेट्रोल पम्प खुला रहने छ भने खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने भएको छ । 

बैङ्क तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर सञ्चालन गर्नुपर्ने छ । विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बढीमा १५ जनामात्रै सहभागी हुन पाउने निर्णय गरिएको छ । 

समितिले औषधोपचार एवम् अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रूपमा मास्क लगाउन, समूहमा नहिँड्न र भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । 

सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ४३ पुगेको छ भने सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया