सङ्खुवासभामा वैशाख २६ देखि जेठ २ गतेसम्म निषेधाज्ञा

 बैशाख २४, २०७८ शुक्रबार २०:३६:९ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – नयाँ भेरिएन्टकाे काेराेना भाइरसकाे सङ्क्रमण फलिने क्रम बढेसँगै सङ्खुवासभामा पनि निषेधाज्ञा लगाइने भएकाे छ । सङ्खुवासभामा यही वेशाख २६ गते आइतवार राति १२ बजेदेखि जेठ २ गतेसम्म निषेधाज्ञा लगाइने भएकाे हाे । 

शुक्रवार कोभिड–१९को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी तथा डीसीसीएमसीका संयोजक टेकनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रजिअ मोहनमणि घिमिरेले जानकारी दिनुभयो । 

शुक्रवारसम्म सङ्खुवासभामा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाे छ । अहिले आइसोलेशनमा १४ जान बसिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया