यस्तो छ प्रियंका र निकको बिहेमा सहभागी हुने पाहुनाको सूची

 भदौ ७, २०७५ बिहीबार २०:४४:४७ | एजेन्सी
unn.prixa.net

प्रियंका चोपडा र निक जोनसको बिहे आधिकारिक रुपमै पक्का भएको छ । इन्गेज्मेन्टपछि अब प्रशंसकहरु बिहेको प्रतिक्षामा रहेका छन् । 

बिहेको मिति त सार्वजनिक भएको छैन तर तयारी भने सुरु भैसकेको छ । केही दिनअघि प्रियंका र निकको बिहे अमेरिकाको हवाईमा हुने समाचार आएको थियो । वैवाहिक समारोहमा निक र प्रियंकाका नजिकका मान्छे मात्रै सहभागी हुने बताइएको छ ।

साथै बलिउड र हलिउडका केही चर्चित अनुहार पनि विवाहमा सहभागी हुन सक्नेछन् । प्रियंकाको विवाहमा सहभागी हुने पाहुनाको सूची तयार हुन थालिसकेको छ । पाहुनाको सूचीमा शाहरुख खान, सलमान खान तथा द रकको नाम सबैभन्दा माथि रहेको छ ।

साथै विवाहमा केही शाही पाहुना पनि सहभागी हुनेछन् । जसमा प्रियंकाकी साथी मेगन मर्केल तथा राजकुमार ह्यारी पनि रहनेछन् । केही समय पहिले राजकुमार ह्यारी र मेगनको बिहेमा प्रियंका सहभागी भएकी थिइन् । बेलायती शाही जोडीका लागि आफ्ना साथीको विवाहमा सहभागी हुन कुनै प्रोटोकलले रोक्ने छैन ।

निक र प्रियंकाको विवाह हलिउड र बलिउडको एउटा संगमका रुपमा रहने बताइएको छ  ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया