विराट कोहली आईसीसीको टेस्ट वरीयताको शीर्ष स्थानमा

 भदौ ७, २०७५ बिहीबार २२:१०:० | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आईसीसीको टेस्ट वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् । 

बल टेम्पिरिङको अभियोगमा मैदान बाहिर रहेका अष्ट्रेलियाका कप्तान स्टेभन स्मिथलाई पछि पार्दै भारतीय कप्तान टेस्ट वरीयताको शीर्ष ब्याट्सम्यान भएका हुन् । इङ्ल्याण्डविरुद्धको तेस्रो टेस्टको पहिलो र दोस्रो पारिमा गरी २ सय रन बनाएका कोहलीको अहिले ९३७ अंक रहेको छ । जारी श्रृंखलामा विराटले ४४० रन बनाइसकेका छन् । दोस्रो स्थानमा रहेका स्टेभन स्मिथको ९२९ अंक छ । 

तेस्रो  स्थानमा न्यूजिल्याण्डका केन विलियम्सन ८४७ अंकका साथ तेस्रो स्थानमा रहँदा अष्ट्रेलियाका डेभिड वार्नर ८२० अंक सहित चौथो स्थानमा रहेका छन् । यसैगरी इंग्ल्याण्डका जोय रुटले ८१८ अंक जोड्दै पाँचौ स्थानमा आएका छन् ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया