रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएका सांसदले पनि संसदमा मतदान गर्न पाउने भएका छन् ।
प्रतिनिधि सभाको कार्यव्यवस्था समिति बैठकले स्वास्थ्य अनुकूल भएर संसद् सचिवालयमा उपस्थित हुन सक्ने सांसदलाई मतदानमा भाग लिन दिने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएका सांसदलाई मतदानका लागि छुट्टै कोठाको व्यवस्था गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रका सांसदलाई प्रतिपक्षको रूपमा बसाइ व्यवस्था गर्ने पनि प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
कोरोना महामारीको सङ्कटलाई ध्यान दिएर प्रधानमन्त्रीले लिने अविश्वासकाे प्रस्तावबारेका सबै प्रक्रिया टुङ्ग्याएर भोलि नै विशेष अधिवेशन सक्ने पनि निर्णय भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।