काम गर्ने वातावरण नै नभएपछि राजीनामा दिएँ : मुख्यमन्त्री गुरुङ

 बैशाख २६, २०७८ आइतबार १७:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो । गुरुङको राजीनामा स्वीकृत भइसकेको छ ।

राजीनामा पत्रमा गुरुङले तीन वर्षको अवधिमा प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी विकास गरेको र सम्बद्ध प्रदेश निर्माणको जग बसाएको तर स्थिरता नचाहने र विकास विरोधी तत्त्वको चलखेलका कारण राजीनामा गर्न बाध्य भएको उल्लेख गर्नुभएको छ ।

यस्तै हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रबाट चुनावमा गएका दलहरूले समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण काम गर्ने वातावरण नभएका कारण राजीनामा दिएको पत्रमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया