लिभरपुलले अस्वीकार गर्‍याे दुई बिलियन पाउन्डको प्रस्ताव

 भदौ ८, २०७५ शुक्रबार ६:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर सिटीका अरवियन मालिक सेख मन्सुरको २ विलियन पाउन्डको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको छ । सिटी पछि लिभरपुललाई पनि आफ्नो बनाउन चाहेका सेखको सो प्रस्ताव असफल भएपछि उनले केही प्रतिशत सेयर लिन खोजेका छन् ।

प्रिमियर लिग क्लवमा अरवियन व्यक्तिहरुको लगानी बढ्दै गएका बेला इमिरेट्स मेम्बर सेखले २०१७ को अन्तिम र २०१८ को सुरुवातमा लिभरपुलमा ठुलो लगानी लगाउन तयार भएका थिए । तर लिभरपुलका मालिक टोम वेरनेरले अस्वीकार गरेका छन् । क्लब किन्नका लागि सेखका प्रबन्ध निर्देशक सेख खालिदले टोमलाई न्युयोर्कमा भेट पनि गरेका थिए । 

तर उनीहरु बीचको बार्ताले सार्थकता ल्याउन सकेन । आवुधावीका सर्वाधिक सफल ब्यापारी शेखले लिभरपुल किन्नका लागि क्लवको पुरै भ्यालु दिन तयार भएका थिए । त्यसका विषयमा विहीबार राति लिभरपुलले छलफल पनि गरेको थियो तर बार्ता सफल भएन । यदि लिभरपुलले सेखको प्रस्तावलाई मानेको भए फुटबल इतिहासमा सबै भन्दा धरै रकम तिरेर क्लव किनेको इतिहास हुने थियो । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया