झण्डै ७० प्रतिशत उद्योगी/व्यवसायीले फिर्ता गरे अक्सिजन सिलिण्डर

 वैशाख २७, २०७८ सोमबार ९:२७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उद्योगी एवम् निर्माणसँग सम्बन्धित् व्यवसायीले अक्सिजन सिलिण्डर फर्काउन थालेका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन अभाव हुन नदिन उनीहरुले खाली सिलिण्डर फर्काउन थालेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले केही दिनअघि व्यवसायीलाई उद्योगमा रहेका अक्सिजन सिलिण्डर फर्काउन आग्रह गरेको थियो । महासंघको आग्रह अनुसार उद्योगी व्यवसायीहरुले सिलिण्डर फर्काउन थालेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण अक्सिजन अभाव हुन थालेसँगै सबै अक्सिजन सिलिण्डर स्वास्थ्य उपचारका लागि खपत गर्नुपर्ने भएकोले सिलिण्डर फर्काउन आग्रह गरिएको महासंघले जनाएको छ ।

महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेका अनुसार अति आवश्यकबाहेक झण्डै ७० प्रतिशत व्यवसायीले अक्सिजन ग्यास सिलिण्डर फिर्ता गरेका छन् । यस्तै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पनि आ–आफ्ना उद्योगमा रहेका अक्सिजनका खाली सिलिण्डर पालिकामार्फत सरकारलाई उपलब्ध गराउन आग्रह गरेको छ ।

देशभर रहेका ७ सय क्रसर उद्योगमध्ये ६ सय क्रसर उद्योग सञ्चालनमा रहेका छन् । उद्योगहरुले थोरैमा पनि दुईवटा सिलिण्डर प्रयोग गर्दै आएका छन् । यस्तै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानले पनि आयोजनामा रहेका सिलिण्डर उपलब्ध गराउन व्यवसायीहरुलाई आग्रह गरेको छ । स्वास्थ्य संस्था तथा आइसाेलेशन केन्द्रहरुमा आफूसँग भएका सिलिण्डर उपलब्ध गराएर सहयोग गर्न आग्रह गरिएको इप्पानले जनाएको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया