काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, भोलि निर्णय हुने

 बैशाख २७, २०७८ सोमबार १४:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्ब्याउनेबारे साेमवार (आज) उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।

संयुक्त छलफलले थप १५ दिनका लागि निषेधाज्ञा थप्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले निषेधाज्ञा थप्नेबारे मङ्गलवार (भोलि) बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिनुभयो ।

काठमाण्डौँ उपत्यकामा पहिलो चरणमा गएको १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि फेरि लम्ब्याउँदै आउँदाे बुधवार (पर्सि) २९ गतेसम्मका  लागि लम्ब्याइएकाे थियो ।

मन्त्रिपरिषद्ले धेरै सङ्क्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई अवस्था हेरेर निषेधाज्ञा र प्रतिबन्ध लगाउने अधिकार दिएको छ ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया