काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इन्डोनेसियामा भैरहेको १८ औं एसियाली खेलकुद एसियाडमा आर्चरीको रिकर्भ मिक्स खेलमा नेपाल १ अंकले पराजित भएको छ ।
जाकर्तामा भर्खरै सकिएको खेलमा नेपाल किर्गिस्थानसँग १ अंकले पराजित भएको हो । खेलमा नेपालको तर्फबाट तिलक पुन मगर र ज्ञानु अवाले सहभागी थिए । पहिलो र दोस्रो सेट १÷१ को बराबरीमा सकिएको खेलको तेस्रो सेटमा नेपाल विजयी भयो भने चोथौ खेल आफ्नो पक्षमा पार्दै किर्गिस्थानले खेल बराबरीमा लग्यो ।
त्यसपछि विश्व आर्चरीको नियम अनुसार १/१ एरो सुट गर्नुपर्ने अवस्थामा नेपाल १ अंकको झिनो अन्तरले पराजित भयो । किर्गिस्थानका दुवै जनाले एक÷एक तिर प्रहार गरी १६ अंक पाउँदा नेपालका तिलक र ज्ञानुले १५ अंकमात्र जोड्न सफल भए । नेपाली टोलीले राम्रो प्रदर्शन गरे पनि विजयी भने हुन सकेनन् । भोलि पुरुष टिमको खेल हुनेछ ।
तस्बिर : रमेश शिवाकाेटी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।