प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न हामीले सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

 बैशाख २९, २०७८ बुधबार १८:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफूहरूले सांसद पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई रोक्न र पदमुक्त गर्न आवश्यक रहेको र त्यसका लागि आफूहरूले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

आफूहरूले पदबाट राजीनामा दिएर प्रधानमन्त्रीलाई पदमुक्त गर्ने स्थिति निर्माण गर्नुपर्ने भन्दै उहाँले यो राजनीतिक, नैतिक र कानुनी दृष्टिले पनि धेरै उचित भएको बताउनुभयो ।

उहाँले लेख्नुभएको छ, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kcg

    May 18, 2021, 4:14 p.m.

    Wisest decision

  •  0 Reply

तपाईको प्रतिक्रिया